Skip to content

Welcome to Cumbria Nepal

PANDEMIC COVID-19 महामारी कोभिड १९

गतसाल डिसेम्बर महिनादेखि चीनको हुवान शहरबाट फैलिएको महामारी रोग कोरोना भाईरसले विश्व समुदायलाई जोखिमपूर्ण त्राशमा पुर्याएको छ। कुनै पनि रोग कुनै रसायन फोहोर, कुनै ब्याक्टेरिया जीवाणुबाट नै उत्पति हुदै आएको पाईन्छ। यस रोगबाट बच्ने उपायहरू मध्य मानिसहरूको भिडमा नजानु, एक अर्कामा नजिकको शारिरीक सम्पर्क नराख्नु, खोकी लाग्नु, टाउको दुख्नु र श्वास फेर्न गाह्रो हुने लक्षणहरू देखापरेको छ। यस्तो अवस्थामा आफुलाई आएको लक्षण देखापरेमा आफनो कामको म्यानेजरलाई खबर गरेर ७ दिन देखि १४ दिनसम्म घरमा बस्नु पर्दछ। अझ धेरै खप्न नसक्ने आकस्मिक अवस्था भएमा एन.एच.एस १११ मा सम्पर्क गरेर सहयोग लिनु पर्दछ।

हालै बेलायत सरकारले यस कोरोनो भाईरसको बढदो चापलाई नियन्त्रण गर्नको लागि स्कूल विधालय, क्याफें, सिनेमा, पव र रेष्टूरेन्टहरूलाई अर्को सूचना नभएसम्म बन्दगर्न अनुरोध गरेका छन्।

यसको प्रभाव-
यस रोगले हजारौको संख्यामा मानिसहरूले ज्यान गुमाई सकेकाछन्, सैयौ बर्ष अगाडी देखि यस कोरोनोभाईरस झै यस्ता महामारीहरू हाम्रो पूर्खाहरूले खेपेका थिए। प्लेग, पहेले ज्वरो, कोलेरा, टाईफाईडं, मलेरिया जस्ता धेरै रोगहरू थिए। अर्को सुखा खडेरीको भोकमारीले कुनै विश्वयुद्ध भन्दापनि खतरा, खानेकुरा खान नपाएर हजारौ मानिसहरूको मृत्यु भएको थियो। अब कुनै राजमार्ग, हवाईमार्ग, सामुन्द्रिक यात्रा बन्द, दोकानबन्द, सबै कुराको ठप्प भए हामीले आफनै घरभित्रको कोठामा (कोरोन्टाईन) नजरवन्द बस्दा सबैलाई दिकदार लाग्नेछ। खानेपानीको सुविधा, यस्तो समयमा महिनौ दिन पुग्ने सुख्खा दालचामल, मकै कोदो जोह गरेर राख्नुपर्दछ। आफनो घरभित्रको करेसाबारीमा फलफुल, सागपात उत्पादन गरेर उपभोग गर्न सकिन्छ। अनिकाल र महामारीले देश र समाजमा आर्थिक संकट आउने छ। यसले हरेक वस्तुको मुल्यबृद्धि निमत्याउने छ। सुनचाँदीको भाउ बढेर आकाश छुनेछ। यसरी ६/७ जनाको परिवारले चारमुठी चामलमा ५ लिटर पानी लगाएर उमालेपछि खोले भात खाएर बाँच्न बाध्य बनाउने छ। हाम्रा पुर्खाहरूले तरकारीमा सिस्नुको पात र जरा उमालेर खान पाउदा पनि अनिकाल धपाउन सकिन्छ भन्ने पूर्खाहरूको कथा छ।
Strong immune system- (बलियो एम्युन स्ष्टम्) मानवको शारिरीक निरोगीपन तथा स्वस्थ्य रहेका मानिसहरूको सेतो रक्त्तकोषले कुनैपनि मानिसको शरिरीरमा आउने सर्न सक्ने दूषीत ब्याक्टेरियाको विरूद्धमा प्रतिरोधात्मक जित्नसक्ने क्षमता हुनपर्दछ।

Society- समाज:

राष्ट्र र राष्ट्रियता- निष्पक्ष, ईमानदार देशको हितमा सेवा गर्ने ब्यक्तित्वलाई राष्ट्रसेवक भनिन्छ। त्यहाँ हजारौ विभागहरू छन्। जस्तै सैनिक, प्रहरी, डाक्टर, नर्स, शिक्षक, नेता, सरकारी कर्मचारी, कानूनविद् ईत्यादी।

भानुभक्त आचार्यले एउटा पानीको कुवाँ खनेर पनि आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका थिए। हाम्रा पूर्खाहरूले गाँउ गाँउमा कृषक बने, राष्ट्रसेवक राजनैतिक नेता बने, अनि विदेशी सेनामा भर्ति भए। हरेक गाँउमा कति पानी पिउने कुवाँ आहालहरू खने, मानिस हिडने मूलबाटोहरू खने, बाटोको छेऊ छेउमा मानिस हिडदा वास्ना चलोस भनि थपारी, मालती, लालुपाते, तितेपातीका फूलहरू रोपेका थिए, उनीहरूले यसरी गाउँ समाजको विकाशमा योगदान दिए, तर उनीहरू सबैले कुनै राष्ट्रिय विभूतिको सम्मान पाएका थिएनन्। हामीले आफनो घरपरिवार देखि गाँउ, बजार र शहरहरूमा आफनो छर-छेमेकीसंग मिलेर समाज र समुदायको स्थापना गरेर सभ्यताको साथ मिलेर बस्न सिकेका छौ, यसलाई समाज तथा समुदाय भनिन्छ। जहाँ हामीले शिशु अवस्था देखि प्राथमिक, माध्यमिक तथा उच्चमाध्यमिक, क्याम्पस र विश्व विधालयमा अध्यापन गर्ने अवसरहरू पाएपछि दक्ष बनेर उज्वल भविष्य बनाउन आर्थिक श्रोत बढाएर सुखी जीवन बिताउने सबैले लक्ष र आशा राखेको हुन्छन्।

हाम्रो परम्परा सबैले आफनो बाल्यकाल देखि बाबुआमाको साथमा जन्म पाएर हुर्किएपछि, एक घरभित्रको चुलोमा पकाएको खाना खाएर उमेर पुग्यौ। शिक्षा दिक्षा लिन स्कूल, कलेज र विश्व विधालयको ज्ञान हासिल गर्न, विदेशमा रोजगार गर्न हरेक संसारको कुना कुनामा पुगेर बस्न, घुम्न र बाँच्न पाउने जीवन पाएका छौ। हामीले जुन परिवेशमा हुर्केर आएको छौ त्यस परिवेशको आर्थिक तथा भौतिक विकाश खोज्न र सुखी जीवन पाउन आधुनिक युगको प्राविधिक परिवर्तन ल्याउन हामी दौड धुपमा छौ।
Social segregation- कल्चरल् सेग्रिगेंसन: समाजमा हुने नाताबाद वा कसैलाई भेदभाव गर्ने मनासयले अन्य जात-जातिलाई छुटाउने फुटाउने बिचारले सबैलाई असर पुग्न सक्छ। यस्तो ब्यावहारलाई असमान भनिन्छ। गाँउ शहरमा बसोबास गरेका सभ्यताको मानव बस्तिमा स्थापना भएको समुहलाई community समुदाय भनिन्छ। यस्तो समाज र संघ-संस्थाले स्थापना गरेर बनाएको नियमलाई Constitution विधान भनिन्छ।

आफनो समाजको परोपकार र विकाशको लागि राखिएको नियम दफाहरू सबैले ईमानदारको साथ पालना गर्नुपर्दछ। यसको सिद्धान्तलाई objectives भनिन्छ। यसमा समुदायको हितमा पुग्ने काम गर्नुपर्दछ। यसमा कुनै धार्मिक तथा राजनैतिक तर्क वितर्क वा ब्यक्तिगत स्वार्थ राख्नहुदैन। विशेष समाजको सिद्धान्त भनेको एक आपसमा तथा अन्य व्यापक संघ-संस्थाहरू संग मिलेर सामाजिक काममा भाग लिनुपर्दछ।
सामाजिक एकता कायम गर्नु, धार्मिक सस्कृति तथा आफनो परम्पराको विकाश तथा सुरक्षा गर्नु, आर्थिक सामाजिक श्रोत जुटाउनु, प्राविधिक, विज्ञान तथा शिक्षाको सदुपयोग गर्नु, वृद्ध तथा बालबालिकाहरूको सेवा गर्नु मुख्य उदेश्यहरू हुनेछन्।

Volunteer- स्वयंमसेवक: यसको अर्थ आफनो समुदायको विकाश र लाभ पुर्याउन आफनो मन आत्माको भावना, स्व-ईच्छाले आफनो समय खर्च गरेर समुदायलाई सहयोग दान गर्नु नै समाजसेवी भनिन्छ। यसरी हामीले आफनो दैनिक जीवन धान्नु प्राय सबैले दैनिक रोजगार वा कुनै पेशा लिएर कामगर्नु अपरिहार्य हुन्छ। उस्तै समाजको भलाईको लागि पनि एकपल्ट मात्र स्वयंमसेवक बनेर समाजको सेवा पुग्दैन, समाजलाई पनि दैनिक सेवा सुविधाहरूको खाँचो परिरहेको हुन्छ। यसलाई आफनो स्व-ईच्छाले आफनो फूर्सदको समय दिएर सहयोग गर्नु नै देश र समाजको भलाई हुनेछ।

कुनैपनि समाजको विकाश गर्न समुदायका सदस्यहरूको ठूलो भूमिका हुनेछ। नेपाली टुक्कां अनुसार एउटा ढुंगाले दुईवटा रूखको चरा खसाल्नु सकिन्छ भन्ने भनाई मात्र हो, ती चराहरू सजिलै संग खस्दैनन्, हामीले नसक्ने कामको पनि एकपल्ट आट् र मेहनत गर्न सकिन्छ। एकदिन अवश्य सफलता प्राप्त हुनेछ। अब अर्को टुक्का रूखमा बसेको चरालाई समातेर मैले आकाशमा उडेको चरा समाएको छु भन्नु चाहि यसलाई गफ मात्र भनिन्छ। यसैले हामीले हाम्रा पुर्खाको भनाई अनुसार “नुनको सोझो गर्नु” नै अनुशासन हो, संघ सस्थाको लागि उपयुक्त विषयमा गर्नुपर्ने काम कार्यको सिद्धानहरू मध्य निम्न लिखित कुराहरूलाई ध्यानमा राख्नु पर्दछ।

Our core principles- हाम्रो मूल सिद्धान्तहरू:
Responsibility- जिम्मेवारी
Accountability- उत्तरदायी, उत्सुकतापूर्वक
Commitment- प्रतिबद्धता
Transparency- पारदर्शिता, ईमानदारी
Start with what exists and learn from other mistakes- कुनैपनि अवस्थित विषयदेखि सुरू गर्नुहोस् र अरू गल्ति कुराबाट सिक्नुहोस्।
Contribute back and help others- अगाडीको कुरादेखि अरूलाई योगदान मद्दत गर्नुहोस्
Priorities openness and honesty- प्राथमिकता, खुलापन र ईमानदारी।