Skip to content

परदेशीको दशैँ तिहार Nepali Version

परदेशीको दशैँ तिहार

IMG_6202

 

आउछ दशैँ तिहार सम्झी बस्ने हाम्रो नेपाली पनहरु
नरोऊ आमा छोडी आए ती अतितका मायाहरू
एक्लै बसी कति रोए कराए मेरा दु:खी मनहरु
सम्झन्छु आमा कति रुँदै छीन तिम्रो ती पीडाहरु

मनाउदैछु आमा दशैं र तिहार त्यो सात समुन्द्रपारी
लम्जुङ् स्याङ्जाली साइली माइली अनि कान्छी
सुकेटार ठुले माइला अनि इलामे कान्छाको गाउँ
कति सम्झन्छु आमा त्यो हाम्रो आगनको फूलबारी

उस्तै छ यहाँ हाम्रो रमाइलो दिनहरु दशैँ र तिहार
गाइने गीत सारंगी र झमझम परेलीको धुनहरु
झझल्को हुने हाम्रो नेपाली मन र नयन आत्माहरु
फेरी आउँदैछु आमा रमाइलो मान्न त्यो अर्को साल

हेलेम्बुकी सेर्पेनी रुम्जाटार र पाल्पाली कान्छी
आउनुहोस मज्जाले हासौ खेलौ नाचौ यसै पाल
हामीले सुख र दुख बाटौ अनि नौलो लहरहरु
नमरे बाचे दैवले साचे फेरी भेटौला अर्को साल II

बीएस सुब्बा